गुल्मीमा भएको घटनाप्रति कांग्रेसको प्रश्न : गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?

काठमाडौं । नेपाली कांग्रेसले गुल्मीमा आफ्ना नेता कार्यकर्ताप्रति भएको व्यवहारप्रति आपत्ती जनाएको छ । सोमवार दिउँसो त्यहाँको एक स्थानीय मुद्धालाई लिएर कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा नेता तथा कार्यकर्ता जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको र त्यसबखत प्रहरीले धरपकड गरेको भन्दै आपत्ती जनाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग गुल्मीमा के हुँदैछ भनेर प्रश्न समेत गरेका छन् ।

“आज असोज ५ गते गुल्मी जिल्लामा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर नेपाली कांग्रेस जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेको थियो । कोरोनाको प्रतिकूलता दृष्टिगत गरेर भौतिक दुरी कायम गर्दै निकालिएको -याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीको जिल्ला नेतृत्व र साथीहरुलाई प्रशासन कार्यालयमा प्रवेश गर्नु पूर्व रोकियो । रोकिए पश्चात ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरियो । पार्टीका जिल्ला सभापति भन्ने जान्दाजान्दै पनि सभापति भुवन श्रेष्ठ माथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरियो ।” जारी विज्ञप्तिमा भनिएको छ ।

घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसी लगायतका साथीहरु घाइते भएको कांग्रेसले जनाएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, आफ्नो विमती, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत अधिकार प्रयोग गर्दा यो प्रकारको व्यवहार गरिएको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ । स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टीकरण समेत माग गरेको छ ।

साथै गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कारबाहीको लागि समेत कांग्रेसले माग गरेको छ ।
गर्दछ । साथै, यस्ता प्रकारका घटना दोहोर्‍याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न गृह प्रशासनलाई नेपाली कांग्रेस कडा चेतावनी समेत कांग्रेसले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?