एपीएफ टोलीद्वारा लागूऔषधसहित २ जना पक्राउ

सिरहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट आइतवार एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ३२ वर्षिय पशुपतिकुमार यादव र २१ वर्षिय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एपीएफ टोलीले त्यसवेला निजहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?