मुख्यमन्त्री पौडेलद्वारा हिमचितुवाप्रति श्रद्धाञ्जलि

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिवङ्गत कीर्तिमानी पर्वतारोही आङ्रिता शेर्पाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

मख्यमन्त्री पौडेलले आज शोक सन्देश जारी गर्दै ‘हिमचितुवाका नामले परिचित विश्वचर्चित तथा कृत्रिम अक्सिजनविना १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको विश्वकीर्तिमान राख्न सफल पर्वतारोही आङ्रिता शेर्पाको दुःखद् निधनको खबरले अत्यन्तै मर्माहित बनाएको’ जनाएका छन् ।

मुख्यमन्त्रीले शोकसन्तप्त परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?