नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित र मृतक ? (विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना भाइरस कोभिड – १९ संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै काठमाडौंमा ५ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

बितेको २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय १८ महिला र ७ सय ३६ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ६९, प्रदेश नम्बर २ मा ८ सय २५, बागमती प्रदेशमा ५ हजार २ सय १८ र गण्डकी प्रदेशमा ६ सय ५४ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय १५, प्रदेश नम्बर २ मा ९ सय ९, बागमती प्रदेशमा ४ हजा ९ सय ६१ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ५९, कर्णाली प्रदेशमा १ सय ८३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८ गरी देशभरी ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन् । आज आइसियुमा १ सय ९६ र भेन्टिलेटरमा ३१ जना उपचाररत रहेका छन् ।

आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४०३ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो आईतवार नेपालमा १ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको थियो । ९६६ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

कुन जिल्लामा कति थपिए संक्रमित ? 

No photo description available. No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?