काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनासहित देशभर ४१८ महिला र ७३६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ८ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- चितवन
- सर्लाही
- रुपन्देही
- सिराह
- मोरङ
यस्तै बितेको २४ घण्टामा थप १ हजार ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ६११ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ६९० जना र संस्थागत आईसोलेसनमा ८ हजार ९२१ जना छन् । तिमध्ये १९६ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४०३ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १६ जनाले ज्यान गुमाएका छन् ।
हिजो आईतवार नेपालमा १ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको थियो । ९६६ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया