काठमाडौं । धरानस्थित वीपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेची नगरकी ७२ वर्षीया महिला र सुनसरीकी ४९ वर्षीया महिला रहेकी छिन् ।
श्वासप्रश्वासमामा कठिन, छाती दुख्ने, शरीरमा कमजोरी र न्यूमोनियाको लक्षण देखिएपछि झापाको कन्काई अस्पतालबाट ७२ वर्षीया ति महिलालाई प्रतिष्ठानमा रिफर गरिएको थियो ।
उनको आइतवार राति ९ः२० उपचारको क्रममा मृत्यु भएको र उनको शव व्यवस्थापनको तयारी भइरहेको अस्पताललका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ती महिलामा कुनै पनि दीर्घरोग नभएको पाइएको छ ।
त्यस्तै अर्की महिला गत असोज १ गते प्रतिष्ठानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उच्च रक्त चाप, मधुमेह, र मृगौलाको समस्या भइ डाइलाइसिस गर्ने गरेको ती महिलालाई भदौ ३० गते उपचारका लागि प्रतिष्ठान ल्याइएको थियो । उनमा कोरोना पुष्टि भएसँगै प्रतिष्ठानको मेडिसिन वार्डबाट कोभिड वाडमा सारेर उपचार भइरहेको थियो । उनको गएराति २ बजे उपचारको क्रममा मृत्यु भएको र उनको शव व्यवस्थापनको काम भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया