काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलले पार्टीको अहिलेको नेतृत्वले आगामी महाधिवेशन टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन् ।
एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न नगराइएको भन्दै पार्टी नेतृत्वप्रति त्यस्तो आरोप लगाएका हुन् ।
“वर्तमान नेतृत्वको नियत हेर्दा अधिबेशननै टारेर पार्टीलाई संकटतिर धकेल्ने कोशिष देखिन्छ। किनभने एकै महिनामा सम्पन्न हुन सक्ने समायोजन कार्य कतिपय जिल्लामा एक वर्ष बितिसक्दा पनि सम्पन्न गराईएको छैन ।” उनले भनेका छन् ।
त्यस्तै समयमा नै महाधिवेशन नगर्ने, टार्न खोज्ने हो भने पार्टीलाई जोगाउन विशेष महाधिवेशन बोलाएर पार्टी बचाउन सकिने समेत बताएका छन् ।
उनले भनेका छन्, “त्यो पनि नगरेर अधिबेशननै टार्ने , नगर्ने नियत रहने हो भने पार्टीलाई संकटबाट जोगाउन विशेष महाधिवेशन बोलाएर भने पनि पार्टी वचाउन सकिन्छ भन्ने मेरो आशय हो ।”
त्यस्तै पार्टीको आगामी महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमामा जोड समेत दिएका छन् । नेता पौडेलले पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको १४ औँ महाधिवेशन फागुन ७ मै हुनुपर्नेमा जोड दिएका हुन् ।
त्यसै भएर बाँकी रहेको ५ महिना सिङ्गैको अबधिलाई सदुपयोग गरी समयमा महाधिवेशन सम्पन्न गरौं भन्ने हो । उनले भनेका छन् ।
नेता पौडेलले आफूले “सुनौलो भविष्यका लागि समयबद्ध काम गरौं” भन्दै महासमिति बैठकबाटै प्रस्ताव राख्दै आएको समेत बताएका छन् ।
नेपाली कांग्रेसको वर्तमान बिधान अनुसार पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि ४ वर्ष तोकिएको छ। असाधारण परिस्थिति परेको खण्डमा केन्द्रिय कार्यसमितिले बढिमा एक वर्षसम्म अवधि वढाउन सक्नेछ भन्दै आगामी फागुन बाट अहिलेको कार्यसमिति विधानत सकिने भन्दै महाधिवेशनमा जोड दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया