क्यालिफोर्नियाको जंगलमा भीषण आगो, घर खाली गर्न आदेश

काठमाडौं । लस एन्जिल्सको पूर्वोत्तर पहाडी क्षेत्रस्थित जंगलमा करिव दुई हप्ता यता भीषण आगो लागिरहेको छ ।

अहिले तीव्र रुपमा चलेको हावाले झनै संकट पैदा गरेको छ । यो आगो अहिले अन्य क्षेत्रमा पनि फैलिएको छ । जसका कारण प्रशासनले उक्त क्षेत्रका मानिसहरुलाई घर खाली गर्न आदेश दिएको छ ।

आगोका कारण उक्त क्षेत्रमा केहि घर जलिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यसैबीच एक दमकल कर्मीको मृत्यु समेत भएको छ ।

यो आगो ६ सेप्टेम्बर लागेको थियो । यो बेला ३६८ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्ने प्रयाशमा रहेको छ ।

उक्त क्षेत्रमा ४ हजार मानिसहरुको बसोबास रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?