प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा बन्जारा पक्राउ

भक्तपुर – भक्तपुरमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा ३५ वर्षीय पवन बन्जारा पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा सूर्यविनायक नगरपालिका २ बालकोट बस्‍ने बन्जारालाई प्रहरीले पक्राउ गरेको छ ।

बन्जाराले मध्यपुर ठिमी नगरपालिका ३ स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएममा पैसा ननिस्केको भनी लात्तीले हानेका थिए ।

उनले यस्तो हर्कतपछि बैंकका गार्ड र प्रहरी समेतलाई गालीगलौज गरेपछि महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?