‘हुन्डाई क्रेटा एसयुभी बीएस–६’ नेपालमा सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । नेपालमा हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार सार्वजनिक भएको छ ।

हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज भर्चुअल रुपमा सो कार सार्वजनिक गरेको हो ।

हुन्डाई क्रेटा एसयुभी बीएस–६ मापदण्डको कार खरिद गर्न पाइने भएको जनाइएको छ ।

इन्टरकन्टिनेन्टल प्रालिका अनुसार हुन्डाईले दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै क्रेटा सार्वजनिक गरेको जनाएको छ ।

उक्त कारको शुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ भने अन्य फिचरसहितको बढीमा ६५ लाख ९६ हजारसम्ममा खरिद गर्न पाइने जनाइएको छ । कम्पनीका अनुसार उनको कार सात रंगमा उपलब्ध रहेका छन् ।

१६ भल्भसहित ४ सिलिन्टर रहेको उक्त गाडीमा डिस र ड्रम ब्रेक सिस्टम रहेको छ। भने ५० लिटरको फ्युल ट्यांकी रहेको कम्पनीको भनाइ रहेको छ ।

यसअघि पेट्रोल र डिजेल दुवै इन्जिनमा भएका क्रेटाको अब नेपालमा नयाँ गाडी बजारमा आएको हो ।

यस्तै, डिजेल इन्जिनको इ–प्लस १३ सय ९६ सीसीको हो भने एसएक्स १५ सय ८२ सीसीको गाडी हो। १‍।५ पेट्रोल इन्जिनका भेरिएन्ट सबै १५ सय ९१ सीसीका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?