काठमाडौं – ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।
नेपाल पर्वातारोण संघले दिएको जानकारी अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा पर्वतारोही शेर्पाको निधन भएको हो ।
उनले १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेका कारण उनलाई ‘हिम चितुवा’ उपनाम दिईएको थियो ।
१० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेको वल्र्ड रेकर्ड शेर्पाको नाममा छ ।
उनको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने तयारी भईरहेको पारिवारले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया