मोरङ । माछालाई चारो हाल्ने क्रममा डुबेर आमासहित २ छोरीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ ग्रामथान गाउँपालिका वडा नं ४ बस्ने ३५ वर्षीया सिता अधिकारी र उनकी छोरीहरु १४ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया की प्रितिका अधिकारी रहेका छन् ।
मृतक सितासहित उनका छोरीहरु सिताको भाइ रुद्र कटुवालको ग्रामथानमा रहेको माछापोखरी रेखदेख गर्ने काम गर्दै आएका थिए । उनीहरु आइतवार बिहान ११ बजेतिर माछालाई चारो हाल्न गएका र साँझसम्म पनि नआएपछि खोज पडताल भएको थियो । खोजतलासको क्रममा आइतवार साँझ उक्त माछापोखरीमा डुबेको अवस्थामा तीनै जना भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्यहाँ पुगेर उक्त स्थान सुरक्षित राखेको र अन्य कानूनी प्रक्रिया अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया