काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । जसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।
वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्णरुपमा सफलता हात पार्न सकेका छैनन् ।
यसैबीच फ्रान्समा एकैदिनमा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् । आईतवार मात्रै फ्रान्समा १० हजार ५६९ जना संक्रमित थप्एिका छन् ।
त्यस्तै शनिवार १३ हजार ४९८ जना संक्रमित थप्एिका थिए ।
अहिलेसम्म फ्रान्समा कोरोना भाइरसका कारण ३१ हजार २८५ जनाको मृत्यु भएको छ भने ४ लाख ५२ हजार ७६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९१ हजार ५७४ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख २९ हजार ९०४ जना उपचाररत छन् । त्यहाँ ८२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया