लकडाउन हटाउन माग गर्दै बेलायतमा व्यापक प्रदर्शन, ३७ जना पक्राउ

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । जसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

Arrests at anti-lockdown demonstrations in Warsaw, London

वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्णरुपमा सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच कोरोनाका कारण भएको लकडाउन जस्ता प्रतिबन्धले मानिसहरु मारमा परेको भन्दै बेलायतमा व्यापक प्रदर्शन भएको छ ।

Coronavirus: Anti-lockdown protest broken up by police in London | UK News  | Sky News

लण्डनका सडकमा धेरै संख्यामा मानिसहरु जम्मा भएर व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनले हिंसाको रुप लिँदै गएपछि ३७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनमा एक हजार भन्दा धेरै मानिसहरु सहभागी भएको बताइएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म बेलायतमा ४१ हजार ७७७ जनाको मृत्यु भएको छ भने ३ लाख ९४ हजार २५७ जनालाई कोरोना संक्रमण भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?