सुनको मूल्यमा सामान्य बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच सोमबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?