रोनाल्डोको गोल, युभेन्टस विजयी

काठमाडौं । सिरि ए च्याम्पियन युभेन्टसले नयाँ सिजनको खेलमा जित हात पारेको छ । आईतबार टुरिनमा भएको खेलमा युभेन्टसले साम्पोडियालाई ३–० ले पराजित गरेको हो ।

स्विडेन विङ्गर डेजन कुलुसेवस्कीको गोलमा युभेन्टसले खेलमा सुरुवाती अग्रता बनाएको थियो । खेलको ७८ औं मिनेटमा लियोनार्दो बोनुचीले युभेन्टसको अग्रता दोब्बर बनाए ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जित दिलाए । आईतबार सिरि एमा सानो संख्यामा दर्शकलाई रंगशाला प्रवेशको अनुमती प्रदान गरिएको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?