आईपीएल : दिल्ली र पञ्जावबीच रोमाञ्चक खेल, सुपर ओभरमा दिल्लीले मार्यो बाजी

काठमाडौं । आईपीएलको १३ ओँ सीजनको दोश्रो खेलमा हिजो (आईतवार) दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावबीच रोमाञ्चकारी खेल भएको छ ।

IPL

दुबईमा भएको खेलमा दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याएको पञ्जावले पनि समान २० ओभरमा ८ विकेटको क्षतिमा समान १५७ रन मात्रै बनाउन सक्यो ।

IPL

त्यसपछि सुपर ओभरमा धकेलिएको खेलमा पञ्जावले मात्र दुई रन बनाउन सक्यो, दिल्लीले भने तीन रन बनाएर खेल आफ्नो पोल्टामा पारेको हो ।

IPL

मयंक अग्रवालको ८९ रनको योगदान पनि खेर गयो । मयंक अन्तिम ओभरमा आउट भएका थिए । मयंकले ६० बलमा ७ चौका र ४ छक्काको सहयोगमा ८९ रन बनाएका थिए ।

IPL

दिल्लीका लागि क्यागिसो रबाडा, रविन्द्रचन्द्रन आश्विन र मार्कस स्टोइनिसले २२ विकेट लिए । त्यस्तै मोशित शर्मा र अक्षर पटेलले १ १ विकेट लिए ।

IPL

दिल्लीका लागि अलराउण्डर मार्कस स्टोइनिसले अन्तिम तीन ओभरमा ५७ रन बनाए । जसमा ७ चौका र तीन छक्का सामेल छन् ।

IPL

दिल्लीको स्कोर १३ रन ३ विकेटको स्थिती भएको बेला अवस्था धेरै नाजुक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?