काठमाडौं । संविधान दिवसका अवसरमा कैलालीको जानकी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
छैटौँ संविधान दिवसको अवसरमा नेपाल तरुण दल जानकी गाउँपालीका वडा नं ८ र ९ कार्य समितिको सयुक्त आयोजनामा ‘समृद्धिका लागि आर्थिक क्रान्ति आर्थिक क्रान्तिका लागि युवाहरु ‘ भन्ने नाराको साथ बिचार गोष्टि सम्पन्न भएको थियो ।

बिचारगोष्टी तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका निकट युवासंघका वडा संयोजक बिक्रम थापा लगायत दर्जन भन्दा बढी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी संघका नेता मातृकाप्रसाद उपाध्यायले जानकारी दिए ।
नेपाल तरुण दल वडा नं ९ का अध्यक्ष महेन्द्र थापाको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री मोहोन सिंह राठोर र विशिष्ट अतिथि क्षेत्रिय सभापति भक्त थापा र महासमिति सदस्य शिवा थापा रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया