हेर्नुहोस् २०७७ साल असोज ५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ साल आश्विन ०५ गते । सोमवार । इ.स.२०२० सेप्टेम्बर २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । अधिक आश्विन शुक्लपक्ष । तिथी– चतुर्थी,०७ बजेर ३३ मिनेट उप्रान्त पञ्चमी ।

नक्षत्र–विशाखा,२६ बजेर ५९ मिनेट उप्रान्त अनुराधा । योग–वैधृति,१४ बजेर ३१ मिनेट उप्रान्त विश्कुम्भ । करण– भद्रा,०७ बजेर ३३ मिनेट उप्रान्त बव,१८ बजेर २३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–तुला,२१ बजेर २२ मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ५ बजेर ५१ मिनेटमा, सूर्यास्त १७ बजेर ५९ मिनेटमा । दिनमान ३० घडी १९ पला । विश्व शान्ति दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाई लेखाईमा प्रगती हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउँदै पढाई लेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा भनेजस्तो उपलब्धी हाँसिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा वित्तिय क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले मनग्गे धन आर्जन गर्ने समय रहेको छ । बैंक तथा सहकारि व्यवसायबाट आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले कामहरु सम्पादन हुँदा मन प्रशन्न रहनेछ । आमा तथा आफन्तसँगको भेटघाटमा सानो विवाद हुन सक्छ ध्यान दिनुहोला । प्रविधि तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरीने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पारिवारिक माहोलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यतित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईनाले कामहरु तिव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलब्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विदेश भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशमा वसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेको छ । पढाई लेखाईमा समय दिन सकिने छैन । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ । प्रेम प्रशङ्गमा अविश्वास बढ्नेछ भने आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय मध्यम रहेकोले व्यापारमा लगानी गरेपनि आम्दानी न्युन नै हुनेछ । आम्दानीका बाटाहरु साँघुरा हुनाले दैनिकी प्रभावित हुनेछ । पढाई लेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दाजुभाईको सहयोग नपाउँदा कामहरु थाति रहनेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशीलताको उच्च मुल्याङ्कन हुनेछ । पढाई लेखाईमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगती भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनकै शिलशीलामा छोटो दुरिको यात्रा हुनेछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापारमा अलि बढि समय लगानी गर्दा आम्दानीमा वृद्धि भएर जानेछ । आफन्त तथा दिदि बहिनी तथा कुटुम्वको सहयोगले राम्रा काम गर्न सकिनेछ । तर पनि भौतिक सम्पत्तीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?