राप्रपा परित्याग गर्दै कोमल वली एमालेमा प्रवेश

काठमाडौं, ९ असोज — चर्चित लोक गायिका तथा राप्रपाकी केन्द्रीय सदस्य कोमल वली एमालेमा प्रवेश गरेकी छिन् । सोमबार दाङमा आयोजित एक कार्यक्रममार्फत उनी राप्रपा परित्याग गर्दै एमालेमा प्रवेश गरेकी हुन् ।उनलाई एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेमा पार्टीमा स्वागत गरेका थिए ।राप्रपा बिभाजन हुँदा उनी कमल थापाले नेतृत्व गरेको राप्रपामै थिइन् ।लामो समय रेडियो नेपालमा काम गरेकी ओलीले सक्रिय राजनीतिमा लाग्ने भन्दै राप्रपा प्रवेश गरेपछि जागिर छाडेकी थिइन् । गायिका ओलीले स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भएकी थिइन् ।राप्रपाको विभाजन र स्ठानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि ओली एमालेमा प्रवेश गरेकी हुन् ।ओलीसंगै काँग्रेसका स्थानीय नेता बलिभद्र राना, डिल्ली बहादुर खड्का, नयाँ शक्तीकी केन्द्रीय सदस्य निर्मला विक, राष्ट्रिय जनशक्ती पार्टीकी केन्द्रीय सदस्य कमला देउजा लगायत ५ सय बढी नेता कार्यकर्ता बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?