काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनासहित देशभर ४६९ महिला र ८५६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ९ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- चितवन
- मकवानपुर
- सर्लाही
- सिरहा
- रुपन्देही
- सुनसरी
यस्तै बितेको २४ घण्टामा थप ९६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ४०७ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७१ जना छन् । तिमध्ये १९० जना संक्रमितको आईसियु र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४५१ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४११ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १० जनाले ज्यान गुमाएका छन् ।
हिजो शनिवार नेपालमा १ हजार २०४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ४४७ जना संक्रमणमुक्त भएका थिए भने ११ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया