काठमाडौं – १२ वर्षीया बालिकालाई पन्यू तताएर डाम्ने २६ वर्षीय किशोर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
बाजुरा घर भई चोभार बस्ने बाजुराकी १२ वर्षीया बालिकालाई भूत लागेको भन्दै पन्युले डामेको आरोपमा शाहीलाई चोभारबाट महानगरीय प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो ।
यहि असोज १ गते सामान्य बिरामी भएकी बालिकालाई भूत लागेको र पन्यूले डाम्दा निको हुने भन्दै किशोरले चारपटक सम्म पन्यूले डामेका कारण बालिकाको ४ प्रतिशत अनुहार जलेको छ । कीर्तिपुर अस्पतालमा उपचारपछि पीडित बालिका डिस्चार्ज भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।
किशोर शाही चोभारमा रंगरोगनको काम गर्दै आइरहेका थिए । पक्राउ परेका शाहिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया