प्रकाश समीरको गरिबीको झोला सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक प्रकाश समीरको दशैँ विशेष गीत ‘गरिबीको झोला’ सार्वजनिक भएको छ ।

गायिका शान्ति श्री परियार र प्रकाश समीरको आवाज रहेको गीतमा प्रकाश समीरकै शब्द र एलेन घिमिरेको संगीत रहेको छ ।

विशेषगरी कोरोनाका कारण परदेशमा रोकिएका नेपालीहरुको कथा, व्यथालाई गीतमा प्रस्तुत गरिएको छ ।

कोरोनाले परदेशीहरुलाई दिएको दुःखलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ । प्रकाश समीरकै अभिनय र निर्देशन रहेको गीतको भिडियोमा चर्चित मोडल रञ्जिता गुरुङको अभिनय रहेको छ ।

समीर मिडियाले तयार गरेको प्रस्तुत गीत प्रकाश समीरको अफिसिएल यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?fbclid=IwAR3dT7zMlMFKdoQ733Lu4J3qZZ1KxXJoeIz98G4eg3zGviFuoiIYg2FAJEw&feature=share&v=TunDmPzcZIU&app=desktop#menu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?