काठमाडौं । एक रोबर्टले डाक्टरको तीन वटा टिमसँग मिलेर क्यान्सरका बिरामीको सर्जरी गरेको छ । कोहि पनि क्यान्सर बिरामीको यो प्रकारको पहिलो सर्जरी हो ।
रिपोर्टका अनुसार यो अनौठो प्रयोगको कारण बिरामीको रिकभरी टाइममा एक तिहाईको कमी आएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका नोरफोक एण्ड नोरविच यूनिभर्सिटी हस्पिटलका डाक्टरले सर्जरीको तीन स्टेज एक साथमै पुरा गर्ने भएको छ ।

त्यसैले डाक्टरको तीन टिम र रोबर्टले एकै समयमा सर्जरीको प्रक्रिया शुरु गरेका हुन् ।

डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार डाक्टरले रैक्टल क्यान्सरबाट पीडित ५३ वर्षकी बिरामीको सर्जरीको काममा लगाइएको रोबर्टका नाम Da Vinci Si रहेको छ ।

रोबर्टका चारै हातमा सर्जिकल इन्स्टू्रमेण्ट दिइएको थियो र त्इसलाई डाक्टरले जोयस्टिक र थ्रीडि स्क्रिनको माध्यमबाट कन्ट्रोल गरेका थिए ।

यो रोबर्टको मूल्य ९.५ करोड रुपैयाँ पर्दछ । यो सर्जरी जुलाईमा भएको थियो जसमा १४ जना डाक्टरले भाग लिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया