काठमाडौं । सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले स्वयमसेवी संस्थाहरुद्वारा वितरण गरिएको खाना खान खुला मञ्चमा आएका भोका जनतालाई नजिकै धुमधाम साथ मनाइएको संविधान दिवसमा डिस्टर्ब हुन्छ भनेर प्रहरीले लखेटेको भन्दै आपत्ति जनाएको छ । मोर्चाले सो दृश्य देख्दा कसको मन नरोला ? र भन्दै प्रश्न समेत गरेको छ ।
मोर्चाले आइतबार एक विज्ञप्तिमार्फत ‘मर्न आँटें उपचार पाउँ !’ भन्दा भन्दै पनि उपचार नपाएको उल्लेख गर्दै भनेको छ, ‘सामान्य मागहरुलाई लिएर सडकमा उभिएका जनता माथि प्रहरीले बजारेको लाठीको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने कुराको सर्वत्र चर्चा चलेको छ । विश्वका झण्डै २०० भन्दा बढी देशमा महामारीका रुपमा फैलिएको महाव्याधी कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, बिरामी आफैंले गर्नु पर्ने भन्ने निर्लज्ज र चरम गैर जिम्मेवार फरमान् जारी गर्दैछ, यो सरकार ।’
संसदमा पारित हुनबाट जोगिएको एम्सीसी सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसदको आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया