कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्डमा छानिएका यी १० तस्वीर

लोकपथ संवाददाता
0
Shares
ओ सोले मिओ : स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्वीर हङ्गेरीमा खिचिएको हो

काठमाडौं । कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्ड २०२० का लागि छानिएका तस्वीर हरु जसले जनावरहरूका विभिन्न भावभङ्गी प्रस्तुत गर्छ यो वर्षका मुख्य प्रतिस्पर्धीका रूपमा समेटिएका थिए । कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्डसले प्रस्तुत गरेको जनावरहरुको रोचक र कमेडी तस्वीरहरु हामीले तल प्रस्तुत गरेका छौं ।

 

क्यानरी आईलन्ड्समा खिचिएको यो स्प्यारिसोमा क्रिटन्स नामक माछाको तस्वीर देख्दा कसलाई पो रमाइलो नलाग्ला ?
म आत्तिएको छैन : संयुक्त राज्य अमेरिकाको ओहायोमा रूखका हाँगाबिँगामा अड्किएको भए पनि शान्त भावमा एउटा र्‍याकून
ओ सोले मिओ : स्पर्मोफाइल नामक एक प्रकारको लोखर्केको तस्वीर हङ्गेरीमा खिचिएको हो
मलाई पनि देऊ न : स्कटल्यान्डमा खिचिएको यो तस्बिरमा एउटा एट्लान्टिक पफिन चराले आफ्नो साथीसँग आहारा मागिरहेको जस्तो देखिन्छ
कठिन वार्ताः इजरेलमा खिचिएको यो तस्वीरमा एउटा फ्याउरो र मूसो कुराकानी गरिरहेको जस्तो मुद्रामा देखिन्छन्
विलापः सन् २०२० मा हामी सबै नर्वेको स्पिट्स्बर्गको यो ध्रुवीय भालु जस्तै भएका छौँ
कस्तो थकाइ लागेको

 

दिक्कलाग्दोः युगान्डाको न्याश्नल पार्कमा तस्वीर खिचिएको गहिङ्गा गोरिला

 

रमाइलो गरौँ नः भारतमा खिचिएको यो तस्वीरमा केही लङ्गुरहरू अरूभन्दा बढी रमाएको देखिन्छ

 

तस्वीर सौजन्यः कमेडी वाईल्डलाईफ फोटोग्राफी अवार्डस ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?