काठमाडौं । आईपीएलको १३ औँ सीजनको दोश्रो खेलमा आज दिल्ली क्यापिटल्स र किंग्स इलेभन पञ्जावबीच हुँदैछ । दुबै टिम जित खोजीमा मैदान उत्रिनेछन् ।
दिल्ली क्यापिटल्स युवा खेलाडीले भरिएको छ । दिल्लीमा भारती खेलाडी धेरै रहेका छन् । त्यस्तै दिल्लीबाट शेखर धवन, पृथ्वी शाहीले ओपनिङ सम्हाल्न सक्नेछन् ।
मध्यक्रममा कप्तान श्रेयस अय्यर, विकेट किपर ऋषभ पन्त, शिमरान हेटमायर, मार्कस स्टोनिसले खेल्नेछन् ।
साथै बलिङमा कागिसो रबादा, तीव्र गतिका बलर ड्यानियल स्याम्सले खेल्न सक्नेछन् । उनीहरु बाहेक टिममा अमित मिश्रा, राविन्द्रचन्द्रन अश्विन र हर्षल पटेलले मौका पाउनेछन् ।
त्यस्तै पञ्जावको तर्फबाट भने क्रिस गेल र कप्तान लाकेश राहुल ओपनिङ पारी सम्हाल्ने छन् । मध्यक्रममा मयंक अग्रवाल, सरफराज खान, मन्दीप सिंह र ग्लेन म्याक्स्वेलले पारी सम्हाल्नेछन् ।
साथै बलिङमा मोहम्मद शमी, क्रिस जोर्डन, स्पिनरमा कृष्णप्पा गौतम, मुजीव उर रहमान र रवि बिश्नोईको जिम्मा छ ।
दिल्लीबाट नेपाली लेग स्पिनर बलर सन्दिप लामिछाने पनि सहभागी रहेका छन् । तर पहिलो खेलमा भने उनको खेल्ने सम्भावना कम रहेको देखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया