काठमाडौं । कोरोना भाइरस महामारीसँग अहिले सारा विश्व नै लडिरहेको छ ।
यसलाई रोक्नको लागि सारा विश्वका वैज्ञानिकहरु लागि परेका छन् । अहिलेसम्म रुस र चीनले कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका छन् ।तर विश्व स्वास्थ्य संगठनको तर्फबाट मान्यता दिइएको छैन ।
وزير الصحة ووقاية المجتمع يتلقى الجرعة الأولى من لقاح #كوفيد_19#وام https://t.co/oo3KLAXnLE pic.twitter.com/H6fAonXBPm
— وكالة أنباء الإمارات (@wamnews) September 19, 2020
यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई)का स्वास्थ्य मन्त्री अब्दूल रहमान बिन मोहम्मद अल ओभ्यासले शनिवार कोरोना भ्याक्सीनको पहिलो डोज लगाएका छन् ।
उनले यो टिका स्वास्थ्य र रोकथाम मन्त्रालयको आदेशपछि लगाएको बताएका छन् ।
यूएईमा अहिलेसम्म ४०४ जनाको मृत्यु भएको छ भने ८४ हजार २४२ जनालाई संक्रमण भएको छ । त्यस्तै ७३ हजार ५१२ जना संक्रमण मुक्त भएका छन् भने ७ हजार ५५० जना उपचाररत छन् । त्यहाँ ५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
وزير الصحة ووقاية المجتمع يتلقى الجرعة الأولى من لقاح كورونا.. ويؤكد: "نسعى من خلال تقديم هذا اللقاح لتوفير وسائل الأمان لأبطال خط الدفاع الأول وحمايتهم من أي أخطار قد يتعرضون لها بسبب طبيعة عملهم"، موضحاً أن اللقاح آمن وفعال وسيساهم في تقليل الخسائر التي تسببت فيها الجائحة#وام pic.twitter.com/7mgRn2ZU1Z
— وكالة أنباء الإمارات (@wamnews) September 19, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया