९ चैत्र २०७९, बिहीवार

दशैंमा एकैपटक पाँच लाख कमाउन खोज्ने असई बालाजुबाट पक्राउ

२०७४,आश्विन,९,सोमवार १७:०६

0
Shares

काठमाडौं, ९ असोज— महानगरीय प्रहरी बृत्त बालाजुका असई ५ लाख घुससहित पक्राउ परेका छन् । एक ठगीको केस मिलाइदिने भन्दै ५ लाख घुस लिँदालिँदै सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुमुवा असई चन्द्रसिंह भाटलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार उनले आफ्नो माथिसम्मै पहुँच भएको र ५ लाख पाए सबै मिलाइदिने भन्दै घुस माग गरेका थिए । उनले ५ लाख माग गरेको भन्ने उजुरी परेको आधारमा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको बताइएको छ ।यसविषयमा बालाजुका डिएसपी नविन कृष्ण भण्डारीसँग लोकपथले जिज्ञासा राख्दा अनविज्ञता प्रकट गरे । आफूले यस विषयमा बुझ्दै गरेको भन्दै पछि सबै कुरा बताउने भन्दै उनले फोन राखिदिए ।बालाजु आकर्षक कमाइहुने बृत्त मध्ये एक भएको बताइन्छ । सोहि कारण यो बृत्तमा आउन प्रहरीभित्र होडबाजी नै चल्ने गर्छ । दशैंको मुखमा असई एक्लैले केस मिलाइदिने भन्दै घुस मागे कि माथिल्लो तहसम्मै कनेक्सन हो भन्ने चाहिँ रहस्यमै रहेको छ ।पक्राउ परेका भाटलाई अख्तियारको हिरासतमा राखेर अनुन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १७:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००