वैज्ञानिकले बनाए विश्वकै पहिलो बायोनिक आँखा, जन्मजातै आँखा नहुनेले पनि देख्न पाउने !

काठमाडौं । अस्ट्रेलियाको मोनाश यूनिभर्सिटीका शोधकर्ताहरुले १० वर्षको रिसर्चपछि बायोनिक आँखा बनाएका छन् । यसको माध्यमबाट मानिसलाई दृष्टिहीनताबाट छुटकरा मिल्नेछ ।

यसको ट्रयाल समेत भईसकेको छ । अब यसलाई मानिसको मस्तिष्कमा लगाउने तयारी भईरहेको छ ।यो ने विश्व्को पहिलो बायोनिक आँखा भएको दाबी गरिएको छ ।

यूनिभर्सिटीका इलेक्ट्रिकल र कम्प्यूटर इन्जिनियरिंग विभागका प्रोफेसर लाओरीले भायरसेल चिप तयार पारेको बताएका छन् । जसलाई मस्तिष्कको सतहमा फिट गरिनेछ ।

यसलाई बायोनिक आर्य नाम दिइएको छ । यसमा क्यामेराको साथै हेडगियर फिट गरिनेछ । जसले आसपास हुने क्रियाकलापमाथि नजर राख्नेछ र दिमागसँग सम्पर्क गर्नेछ ।

यस डिभाइसको साइज ९ गुणा ९ मिमि रहेको छ ।यो आँखा बनाउन १० वर्ष भन्दा धेरै समय लागेको छ । प्रोफेसर लोओरीका अनुसार बायोनिक आँखा जन्मबाटै नेत्रहीन व्यक्तिलाई पनि लगाउन सकिनेछ ।

शोधकर्ताहरले डिभाइस बेच्नको लागि फन्डको माग गरेका छन् । गएको वर्ष यसको लागि ७.३५ करोड रपैयाँ फन्ड दिइएको थियो । गएको वर्ष भेडामा यसको ट्रायल गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?