आजको मौसम : कुन -कुन ठाउँमा वर्षाको सम्भावना ?

काठमाडौं – मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिन देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित भएका कारण आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशभर आँशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?