शिल्पा विरुद्ध कसले हाल्यो प्रहरीमा उजुरी ?

काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगी आरोपमा प्रहरीमा उजुरी परेको छ।

भारतीय सञ्चारमाध्यममा दिएको जानकारी अनुसार दुवैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।

एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पा दम्पतीविरुद्ध उजुरी दिएका हुन्। उजुरीमा शिल्पा दम्पती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीले आरोप लगाएका छन्।

अभिनेत्री शिल्पाले आरोप झुटो र आधारहीन भन्दै समय आएपछि सबै कुरा प्रमाणित हुने बताउँदै खबरको खण्डनसमेत गरेकी छन्। ‘सत्य चाँडै बाहिर आउनेछ’, उनले भनिन्, ‘सतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। बरु त्यसको पैसा सचिन जोशीले तिर्न बाँकी छ।’ (भारतीय सञ्चारमाध्यमको सहयोगमा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?