काठमाडौं – बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नंं – २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।
तर उनको अवस्था झनै बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरमा राखि उपचार भइरहेकोमा गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको थियो ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४०० नाघिसकेको छ । संक्रमित थपिइरहेका छन् । सरकारले अनिवार्य मास्कको उचित प्रयोग गर्न, साबुनपानीले मिचिमिचि हात धुन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कुनै वस्तु् छोएपछि साबुनपानीको उपलब्धता नभएको ठाउँमा सेनिटाईजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डका सम्पूर्ण उपाय अपनाउन अनुरोध गरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया