काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको छ ।
नेकपा सचिवालय बैठक पूर्व माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा पहिलोपटक बसेको हो । यसअघि प्रायजसो प्रधानमन्त्री निवास बालुवाटार र कहिले धुम्बाराहीस्थित केन्द्रीय कार्यालय बस्ने गरेको सचिवालय बैठक आज पहिलोपल्ट पेरिसडाँडामा बसेको हो ।
गत शुक्रबार पेरिसडाँडामा नै बस्ने तय भएको बैठक स्थगित गरि आजका लागि बोलाईएको थियो ।

बैठकको लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।
सचिवालय बैठकमा यसअघि बालुवाटारमा बसेको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्ष, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्को पुनर्गठन, पार्टी र सरकारका कामकारवाही लगायतका विषयमा छलफल हुने सचिवालयका एक सदस्यले लोकपथलाई बताए ।
दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन भएपछिको यो पहिलो सचिवालय बैठक हो ।
गत बुधबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा भएको छलफलपछि आज यो बैठक डाकिएको हो । यसर्थ पनि यो बैठक धेरैलाई चासो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया