नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

गत शुक्रबार बस्ने तय भएको बैठक स्थगित गरि आजका लागि बोलाईएको थियो ।

आजको बैठक पूर्व माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्दैछ । यसअघि सचिवालय बैठक प्रायजसो प्रधानमन्त्री निवास बालुवाटार र कहिले धुम्बाराहीस्थित केन्द्रीय कार्यालय बस्ने गरेको थियो ।

बैठकको लागि पेरिसडाँडास्थित कार्यालयमा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।

सचिवालय बैठकमा यसअघि बालुवाटारमा बसेको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्ष, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्को पुनर्गठन, पार्टी र सरकारका कामकारवाही लगायतका विषयमा छलफल हुने सचिवालयका एक सदस्यले लोकपथलाई बताए ।

दुइ अध्यक्षबीच स्पष्ट कार्यविभाजन भएपछिको पहिलो सचिवालय बैठकलाई धेरैले चासो र महत्व दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?