आईपीएलमा चेन्नईको उत्कृष्ट शुरुवात, मुम्बई ५ विकेटले पराजित

काठमाडौं । अम्बति रायडूको शानदार पारी र फाफ डू प्लेसिसको साथमा उनीहरुको शतकीय साझेदारीबाट चेन्नई सुपरकिंग्सले मुम्बई एण्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

रायडूले ४८ बलमा ६चौका र ३ छक्काको सहयोगमा ७१ रन बनाएका थिए । त्यस्तै फाफ डुप्लेसिसले ४४ बलमा ५८ रनको योगदान गरे । उनले ६ चौका प्रहार गरेका थिए ।

त्यो बाहेक मुरली विजयले १ रन, शेन वाट्शनले ४ रन र जडेजाले १० रन बनाए । त्यस्तै स्याम कुरेनले ६ बलमा १८ रन प्रहार गरेका थिए भने धोनी नट आउट रहे ।

लुंगी नगिदीले ३ विकेट लिए भने जडेजा र दीपक चाहर समान २ २ विकेट लिए । मुम्बईले अन्तिम ६ ओभरमा ४१ रन बनाएर ६ विकेट गुमाएको थियो ।

मुम्बईले ९ विकेट गुमाउँदै १६२ रन मात्र बनाउन सक्यो । त्यस्तै मुम्बई बाट भने सौरभ तिवारीले ४२ रन, क्विन्टन डि ककले ३३ रन बनाए ।

त्यो बाहेक कप्तान रोहित शर्माले १२, सुर्यकुमार यादवले १७, कीरेन पोलार्डले १८, हार्दिक पाण्डेले १४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?