काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ७ सय ८९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६३ हजार ८ सय २ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६६ हजार १ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ३ हजार ४ सय ३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ९ सय ४७ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ४६ हजार ८ सय ८ पुगेको छ ।
हालसम्म ४२ लाख १ हजार २ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार १ सय ९४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया