काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्वनै भयावित छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन सारा विश्व नै लागेको छ । यसैबीच रुसमा बस्ने एक नेपालीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लगाएका हुन्।
श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो । सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए।
श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया