काठमाडौं । अवैध लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-७ घर भएका २३ वर्षीय सुनिन्द्र स्याङताङ रहेका छन् । उनलाई प्रहरीले शुक्रवार राति चन्द्रागिरी नगरपालिका-१२ ईन्द्रचोकबाट २ केजी चरेससहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्याङताङले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको चरेस फेला पेरको थियो ।
उनलाई पक्राउ गरी स्याङताङ उपर लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको उक्त प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया