काठमाडौं – तनहुँ प्रहरीले अनुसन्धानका लागि भन्दै अन्त्येष्टि गरिसकेको शव उत्खनन् गरेको छ।
तनहुँको आँबुखैरेनी – ४ खस्राङमा निधन भएका ३८ वर्षीय राजकुमार गुरुङको शव प्रहरीले गाडेको स्थानबाट पुन निकालेको हो ।
गुरुङको मृत्युपछि सोहीदिन आफन्त र परिवारले स्थानीय चिहानडाँडामा उनको शव गुरुङ परम्पराअनुसार गाडेका थिए।
तर उनको मृत्यु शंकास्पद भएको भन्दै सूचना आएपछि दुई दिनपछि प्रहरीले गाडेको स्थानबाट पुन: झिकेको हो।
शव उत्खनन् गरेर पोष्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका छोरा र छोराको सालो पर्ने दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया