काठमाडौं – विभिन्न ३० मुलुकबाट हालसम्म ६९ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोना महामारीका बीचमा शनिबारसम्म ६९ हजार २८९ नेपाली स्वदेश फर्किएका हुन् ।
केन्द्रका अनुसार प्रदेश १ का १४ हजार २११, प्रदेश २ का ११ हजार ४३६, बाग्मती प्रदेशका १८ हजार ७३, गण्डकी प्रदेशका ८ हजार ७५४, प्रदेश ५ का ११ हजार २३१, कर्णाली प्रदेशका १४९१ र सुदूरपश्चिम प्रदेशका १ हजार ६९४ जना स्वदेश फर्किएका छन् ।
यस्तै प्रदेश नखुलाइएका २ हजार ३९९ जना पनि स्वदेश फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया