काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जम्मु र कश्मीर राज्यका लागि १ हजार ३ सय ५० करोडको प्याकेज घोषणा गरेका छन् ।
यस राज्यका उपराज्यपाल मनोज सिन्हाले राहत प्याकेजबाट निकै खुसी लागेको बताएका छन् ।
उनले यस घोषणासँगै आर्थिक कठिनाई सामना गरिरहेको राज्यको अर्थतन्त्र उस्कने आशा व्यक्त गरे ।
उपराज्यपाल सिन्हाले एक वर्षसम्म बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट दिने घोषणा पनि गरे । त्यस्तै सबै ऋणीहलाई मार्च २०२१ सम्म जरिवाना तथा अतिरिक्त शुल्क मिनाह गरिने गरिने पनि उनले बताए । त्यस्तै, सरकारले पर्यटन, स्वास्थलगायत क्षेत्रमा पनि सुधार गर्नेगरी प्याकेज अघि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया