भारतले लद्दाखमा सेनासँगै निगरानीको लागि खटायो उँट

काठमाडौं । ब्याक्ट्रियन उँट अब छिटै भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा भारतीय सेनाको साथमा  गस्ती गर्ने भएका छन् ।

यी उँटहरुलाई भारतीय सेनाले आफ्नो प्रयोगका लागि लगभग तयारी पुरा गरेको बताएको छ । तर यो योजना तीन वर्ष पुरानो रहेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।

तनावको महोल बनेपछि मात्रै लद्दाखमा उँटको गस्ती सेनाको साथमा हुने बताइएको छ । अहिले भारत र चीनको बीचमा तनावपूर्ण अवस्था छ ।

गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने गत २९ अगस्टमा भएको झडपमा एक भारतीय सेनाको ज्यान गएको थियो ।

त्यसपछि लद्दाखमा दुबै देशले आफ्नो लडाकू विमान तैनथ गरेको छ । सैन्य शक्ति पनि बढाईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?