१४ जेष्ठ २०८०, आईतवार

५०० वर्ष पुरानो तलेजु महानवमीमा खुल्ने

२०७४,आश्विन,९,सोमवार १७:०२

9
Shares

–गौतमबुद्ध वज्राचार्यकाठमाडौँ, ९ असोज (रासस)यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ ।मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन ठूलो भीड लाग्ने गर्छ । प्रत्येक वर्ष महानवमीका दिन मात्र खुला रहने सो मन्दिरमा भवानीको दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय क्लबले व्यवस्थापन गर्ने हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक अरुणा नकर्मीले जानकारी दिए। विसं २०७२ को भूकम्पपछि पनि महानवमीका दिन सर्वसाधारणलाई दुर्गा भवानीको दर्शन गर्न रोक लगाइएन ।फूलपातीका दिन बिहान ७ः३० बजेको साइतमा दुर्गा भवानीलाई मूलचोकमा ल्याइने र विजयादशमीका दिन फेरि माथि लगिने परम्परा छ । हनुमानढोकाको त्रिशूल चोकमा रहेको तलेजु मन्दिर काठमाडौँ उपत्यकाको नै विशाल मन्दिर हो । बाह्र आधार पेटीमाथि तीनतले छानाको शैलीमा निर्माण गरिएको सो मन्दिर विसं १५६४ मा राजा महीन्द्र मल्लका समयमा बनाइएको मानिन्छ ।मन्दिरमा रहेका आधार पेटीका ससाना १६ मन्दिर पनि भूकम्पबाट क्षतिग्रस्त भएको थियो । कला तथा संस्कृतिमा आशक्त मल्ल राजाको अनुपम नमूनाका रुपमा रहेको तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ । यसका लागि कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेको प्रमुख नकर्मीले जानकारी दिए ।नकर्मीका अनुसार छाना छाउने कामबाहेक मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । यसको पुनःनिर्माण हनुमानढोका सङ्ग्रहालय विकास समिति र पुरातत्व विभागले संयुक्त रुपमा गरिरहेका छन् । दशैँका बेला दशैँघर, मूलचोक तथा तलेजु भवानीको मन्दिरमा पूजा हुने परम्परा छ । राजा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि गोरखाबाट फूलपाती भित्र्याउने चलन पनि शुरु भएको सो अड्डाले जनाएको छ । त्यस्तै गोरखाली सेनाको प्रतीक गुरुजुको पल्टन पनि हालसम्म देख्न पाइन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १७:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९