कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो ।

स्वकीय सचिव भरत तिवारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका कोइरालाको हिजोको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै छ ।

तर स्वास्थ्यमा सुधार भएपनि होम आइसोलेसनमै बस्नेगरी डिस्चार्ज भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?