संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टुँडीखेलमा देशबासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज शनिवार बिहान ९:५० बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत थापाले यो जानकारी गराएका हुन् । सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?