लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसियु सेवा अघिल्लो साताको मंगलबारदेखि शुक्रबारसम्म बन्द रह्यो। त्यहाँ कार्यरत पाँच स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोराना संक्रमण देखिएपछि निर्मलीकरणका लागि चार दिन अस्पताल बन्द गर्नुपरेको सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
एनआइसियु खुले पनि सेवा प्रवाहमा भने समस्या भइरहेको अस्पतालकै एक नर्सले बताइन्। ‘पर्याप्त जनशक्ति नभएका बेला एउटा डिपार्टको स्वास्थ्यकर्मी संक्रमित हुँदा त्यसले अन्य डिपार्टलाई पनि प्रभाव पार्छ,’ ती नर्सले भनिन्। अहिलेसम्म उक्त अस्पतालमा कार्यरत ३२ जनामा कोरोना पुष्टि भइसकेको छ।
केही समयअघि बाँकेको भेरी अस्पतालका हाडजोर्नी विशेषज्ञ, फिजिसियन, प्रमुख कन्सल्टेन्ट, कोरोना फोकल पर्सनसहित ३० स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि तीन साता सेवा ठप्पजस्तै भयो। बाँकेको नेपालगन्ज मेडिकल कलेजका ४२, नर्सिङ होमका ३२, नेपालगन्ज नगरपालिकाभित्र १२ स्वास्थ्यकर्मीमा संक्रमण देखिइसकेको छ। चिकित्सक र नर्सहरू नै सक्रमित हुँदा सेवा प्रवाहमा निकै समस्या भइरहेको सम्बन्धित अस्पताल प्रशासनहरूले जनाएका छन्।
स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेपछि बुटवलकै गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा पनि केही समय सेवा प्रभावित भयो। मुटु, मिगौलाजस्ता गम्भीर रोगका बिरामी त्यसको मारमा परे। उक्त अस्पतालका ३६ स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। भैरहवाको युसिएमएस मेडिकल कलेजका ५२ जनामा संक्रमण पुष्टि भएको छ। रूपन्देहीमा कोभिड अस्पतालसँगै अधिकांश निजी अस्पतालमा समेत चिकित्सक, नर्स तथा कर्मचारीमा संक्रमण देखिएको छ। नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया