काठमाडौं । नेपालकै सबै भन्दा ठुलो ए डिभिजन लिग फुटबलले यस वर्ष नहुने संकेत दिएको छ ।
कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने भएको हो । कोरोना महामारीका कारण गत वर्षको लिग सिजन समेत पुरा हुन सकेको छैन् ।

अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।
असोज महिना शुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन शुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया