शुक्रवार विभिन्न देशबाट १ हजार बढी नेपाली स्वदेश फर्किए

काठमाडौं । शुक्रबार विभिन्न देशबाट १ हजार ५ जना नेपाली स्वदेश फर्किएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै विभिन्न देशबाट पीसीआर परीक्षण भएका नेपाली नागरिक स्वदेश फर्किन पाउने व्यवस्था छ ।

जसअनुसार शुक्रबार साउदीबाट १५५ र २६१ जना (दुई फ्लाइट), मलेसियाबाट १४६ जना, युएईको दुबई र सारजाहबाट १४९, १५७ र १३७ (तीन फ्लाइट) जना स्वदेश फर्किएका छन् । आज भएको उडानबाट ३ वटा शव समेत नेपाल ल्याइएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?