राष्ट्रपति भण्डारीद्वारा २८९ जना कैदीहरुको बाँकी कैद मिनाहा

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७, फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम शनिबारदेखि लागू हुने गरी कैद मिनाहा गरेकी हुन् । कैद मिनाहा हुनेमा राम दयाल मण्डल खत्वे समेत रहेका छन् ।

सरकारले संविधान दिवसको अवसरमा असल चालचलन भएका उनीहरुको कैद मिनाहा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?